भक्तपुर २ बाट कांग्रेस सभापति थापासहितका नेताहरू सिफारिस
भक्तपुर । नेपाल कांग्रेस, भक्तपुरका सभापति एवम् निवर्तमान सांसद दुर्लभ थापा भक्तपुर क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
बिहीबार कांग्रेसको भक्तपुर क्षेत्र नं. २ कार्यसमितिले सभापति थापासहित ८ जनाको नाम सम्भावित उम्मेदवारका लागि सिफारिस गरेको छ ।
भक्तपुर २ का लागि सभापति थापाका साथै कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि अष्टकुमार कवे, महासमिति सदस्य राजनकाजी त्वाँती, महासमिति सदस्य उद्धव सिलवाल, महाधिवेशन प्रतिनिधि सन्तोष भट्टराई, क्षेत्रीय सचिव सविन ढुंगेल र जिल्ला सदस्य कवीर राणाको नाम सिफारिस गर्ने निर्णय भएको छ ।
थापा १३औं र १४औं महाधिवेशनमा २ पटक निर्वाचित भएका भक्तपुर जिल्ला सभापति हुन् । सभापति थापा २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
भक्तपुर २ कांग्रेसले समानुपातिकतर्फ भक्तपुरका पूर्व सभापति गणेश चक्रधर, मध्यपुर थिमी नगरपालिकाका पूर्वउपप्रमुख मुरारी आचार्य, सन्तोष कोचर र महिलातर्फ महासमिति सदस्य तथा मध्यपुर थिमीका पूर्वउपप्रमुख अञ्जना मधिकर्मीलाई सिफारिस भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया