कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणमा सहयोग गर्न महिला संघ अध्यक्ष राउतको निर्देशन
काठमाडौं । नेपाल महिला संघले नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता व्यवस्थापन समितिको निर्देशानुसार कार्य सम्पादन गर्न मातहतलाई निर्देशन दिएको छ ।
बुधबार जिल्ला कार्यसमितिहरूलाई निर्देशन पत्र जारी गर्दै महिला संघकी अध्यक्ष उषा राउत मिश्रले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ कियाशील सदस्यता वितरणमा सहयोग गर्न भनेकी हुन् ।
‘नेपाल महिला संघले पार्टीको बुथ समितिसँग सहकार्य गर्दै नेपाल महिला संघको क्रियाशील सदस्यता लिएका सबैलाई अनिवार्य रुपमा पार्टीको क्रियाशील सदस्यता दिलाउन सक्रिय भूमिका निर्वाह गर्न सम्पूर्ण जिल्लाका साथीहरुलाई यसैपत्र मार्फत निर्देशन गरिन्छ र साथै आ–आपनो जिल्लामा नेपाल महिला संघका साथीहरूलाई सदस्यता वितरणको लागि सहजीकरण गर्दी सक्रिय भूमिका निर्वाह गर्नुहोला,’ अध्यक्ष राउतले भनेकी छिन ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया