स्व.मंगलादेवी सिंहको १०१औं जन्म जयन्तीमा शालिकमा माल्यार्णपण
काठमाडौं । नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्व.मंगलादेवी सिंहको १०१औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
बिहीबार काठमाडौंसहित विभिन्न स्थानमा नेपाली कांग्रेस र नेपाल महिला संघका नेता, कार्यकर्ताहरूले स्व.मंगलादेवी सिंहको योगदानको स्मरण गरेका छन् ।
काठमाडौंको बबरमहलस्थित मंगलादेवी जेष्ठ नागरिक पार्क, बसन्तनगरमा रहेको स्व.मंगलादेवी सिंहको शालिकमा माल्यार्णपण गरेर स्मरण गरिएको छ ।
स्व.मंगलादेवी सिंहको शालिकमा छोरा समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंह र बुहारी सिर्जना सिंहसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरूले माल्यार्णपण गरेर स्मरण गरेका छन् ।
लौह पुरुष स्व.गणेशमान सिंहकी धर्मपत्नी समेत रहेकी मंगलादेवी सिंहले महिला अधिकारको क्षेत्रमा क्रान्तिकारी कदम उठाएकी थिइन् । स्व.मंगलादेवी सिंहकै योगदान र साहसी कदमका कारण नेपालमा महिला अधिकार सशक्त रुपमा उठेको छ ।
कांग्रेस नेतृ सिर्जना सिंहले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘गणेशमान सिंह भन्नुहुन्छ…हाम्रो जीवनको अधिकांश समय दुःखमै बित्यो । तर, आफ्नो कर्तव्यको बाटोमा हिड्दा के दुःख के सुख ? वास्तवमा हामीले जीवनको सुख र दुःख छुट्याउने समय नै पाएनौं ।’





बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया