उम्मेदवारको सिफारिस गर्दा मापदण्ड र तोकिएको संख्यामा सिफारिस गर्न कांग्रेसद्वारा निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले तोकिएको मापदण्ड र संख्यामा उम्मेदवारको सिफारिश गर्न मातहतलाई निर्देशन दिएको छ ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्देशन जारी गर्दै तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्रअनुसार कार्य गर्न भनेका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिश गर्नु हुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ ।’

‘प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारको नाम सिफारिश सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट मिति २०८२ मंसिर १५ गते र २०८२ मसिर १७ गते परिपत्र गरि तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिश गर्नका लागि निर्देश भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिश गर्नु हुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ,’ निर्देशन पत्रमा भनिएको छ ।

Published : Thursday, 2025 December 11, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया