प्रधानमन्त्री कार्की र जेनजीबीच हस्ताक्षर हुनेवित्तिकै अर्को समूहले ठाउँको ठाउँ सम्झौतापत्र च्याते
काठमाडौं । अन्तरिम चुनावी सरकार र जेनजी पुस्ताबीच भएको सम्झौतापत्रको विरोध भएको छभने असन्तुष्ट पक्षले हस्ताक्षर भएलगत्तै सम्झौतापत्र च्यातेर फालेका छन् ।
बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारभित्रै जेनजी समूहहरूबीच विवाद भएको हो । जेनजी आन्दोलनलाई हाइज्याक गरेको र नाममात्रको सम्झौता भएको बताउँदै केही जेनजी प्रतिनिधिहरूले विरोध गरेका हुन् ।
जेनजी अगुवा अजय सोडारीले प्रधानमन्त्री कार्यालयभित्रै सम्झौता च्यातेर फालेका छन् । सोडारीले विभिन्न बहाना बनाएर नाममात्रको सम्झौता भएको र यसले जेनजी आन्दोलनको भावनालाई पनि नसमेटिएको आरोप लगाएका छन् ।
सोडारीले अहिलेको अन्तरिम सरकारले चुनाव गराएर फेरि तिनै राजनीतिक दलका नेताहरूलाई ल्याउन भूमिका खेलिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन उनले माग गरेका छन् ।
सोडारीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संविधान पुनःलेखन नगरेको र शासकीय स्वरुपका विषयमा पनि केही नबोलेको आरोप लगाएका छन् ।
अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र जेनजीहरूबीच बुधबार १० बुँदे सम्झौता भएको थियो । सम्झौतापत्रका जेनजी समूहभित्र विवाद भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया