कांग्रेसद्वारा क्रियाशील सदस्यता छानविन समिति गठन, संयोजकमा यादव, गगनले पनि लिए भाग
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिको संयोजक र सदस्यहरू मनोनयन गरेका छन् ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरेर समितिको संयोजकमा सह–महामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको जनाएका छन् । समितिको सदस्यहरूमा शिवप्रसाद हुमागाईं, प्रा.डा.गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी र शान्ति परियार वि.क. मनोनयन भएका छन् ।
महामन्त्री गगन थापाले पनि समितिमा भाग पाएका छन् । थापाको तर्फबाट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी सदस्य रहेका छन् । भागबण्डाको राजनीति नगर्ने भनेर महामन्त्रीमा विजयी भएका थापाले कांग्रेसमा भाग मागेर बबण्डर गर्दै आएका छन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकद्वारा पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण)को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यता सम्बन्धी आएका उजुरी उपर छानविन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण)को अन्तिम सूची तयार गर्नका लागि गठित क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नेपाली कांग्रेसका कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५(९) बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिको संयोजकमा पार्टीका सह–महामन्त्री महेन्द्र यादव र सदस्यहरूमा शिवप्रसाद हुमागाईं, प्रा.डा.गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी र शान्ति परियार वि.क.लाई मनोनयन गर्नु भएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
महामन्त्री गगन थापाको संजकत्वमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समिति रहेको छ । समितिमा योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाईली सदस्य छन् । यो समितिले कछुवाको गतिमा काम गरिरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया