दाङ– २ का लागि कांग्रेसबाट किरणकिशोरसहितका नेताहरू सिफारिस
घोराही । नेपाली कांग्रेस, दाङ क्षेत्र नं. २ ले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा निर्वाचनका लागि नामावली सिफारिस गरेको छ ।
बुधबार घोराहीमा बसेको नेपाली कांग्रेस, दाङ क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा (प्रत्यक्ष र समानुपातिक तर्फ) र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नामावली सिफारिस गरिएको क्षेत्रीय सभापति भीमप्रकाश खड्काले बताएका छन् ।
प्रत्यक्षतर्फ विमला योगी, किरणकिशोर घिमिरे, भोजराज पाण्डे, खगराज पाण्डे, बमबहादुर डि.सी., अनिता देवकोटा, दुर्लभ के.सी., विपुल पोख्रेल, विष्णु शर्मा र कुलराज खनाललाई सिफारिस गरिएको छ ।
प्रतिनिधि सभा समानुपातिकतर्फ गोमा रावत, सावित्रा राना, हरि सुवेदी, बाबुराम विश्वकर्मा, गणेशकुमार चौधरी, विपिन बुढाथोकीलाई सिफारिस गर्ने निर्णय भएको छ ।
राष्ट्रिय सभातर्फ वीरकेशरी गौतम, घनश्याम रेग्मी, मोहनलाल वली र नदनकुमार शर्मा सिफारिस भएको क्षेत्रीय सभापति खड्काले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया