सुनसरी– ४ बाट कांग्रेस नेता कार्की, डा.अवुलसहितका आकांक्षी सिफारिस
इनरुवा । नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. ४ का लागि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षी ५ जनाको नाम सिफारिस भएको छ ।
बुधबार सुनसरीमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डा.अवुल हुसैन अन्सारी, डिल्लीबहादुर कार्की र नवीन श्रेष्ठको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । पूर्वमन्त्री समेत रहेका नेता कार्की अघिल्लो पटक सुनसरी– ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । नेता कार्की सर्वसम्मत वा एकल सिफारिस हुन सकेनन् ।
महिलातर्फ समानुपातिकमा सशीला खनाल पौडेल, राधिका कटुवाल र अनिता देवी सिफारिस भएका छन् । पुरुषतर्फ जमिल अख्तर आजाद, इरुफान मियाँ, प्रमोद र मुस्ताक आलम पनि सिफारिस भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया