अन्टार्कटिका महादेशमाथि रहेको ओजोनको छिद्र बन्द
लण्डन । अन्टार्कटिका महादेशमाथि सन् २०२५ मा ओजोन छिद्र डिसेम्बर १ मा बन्द भएको छ ।
सन् २०१९ पछि सबैभन्दा छिटो ओजोन तहमा बनेको छिद्र बन्द भएको घटना हो । यस वर्ष छिद्र आकारमा सानो भएसँगै यसको गहिराइसमेत कम भएको रेकर्ड दर्ज भएको छ । जसबाट ओजोन तहको पत्र बिस्तारै बलियो बन्दै गएको वैज्ञानिकको तर्क सही रहेको समेत पुष्टि भएको छ ।
कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार २०२० देखि २०२३ को बीचमा देखिने ठूलो र लामो समयसम्म रहने छिद्रको विपरीत २०२४ र २०२५ मा लगातार सानो ओजोन छिद्र बाँकी रहेको संकेत दिएको छ ।
वैज्ञानिकहरूका अनुसार मन्ट्रियल प्रोटोकलको प्रभाव र बदलिँदो वायुमण्डलीय परिस्थितिबीच पत्र बिस्तारै सुधारको दिशामा छ ।
अन्टार्कटिकामाथि हरेक वर्ष अगस्टदेखि डिसेम्बरको बीचमा ओजोन छिद्र विकसित हुने गर्छ । यस वर्ष यो प्रक्रिया अगस्टको मध्यमा सुरु भएको थियो, जो सामान्य प्याटर्नअनुरुप हो । डिसेम्बरको सुरुवातसम्म ओजोन छिद्रको विस्तार बढेर २.१ करोड वर्गकिलोमिटरसम्म पुगेको थियो ।
सन् २०२३ को २.६१ करोड वर्गकिलोमिटरको अभूतपूर्व छिद्रको तुलनामा धेरै कम मानिन्छ । सेप्टेम्बरभरि यो छिद्र डेढदेखि २ करोड वर्गकिलोमिटरको दायरामा बनेको थियो, जसको आकार अन्टार्कटिकाको क्षेत्रफलबराबर मानिन्छ ।
अक्टुबरको अन्त्यसम्म यो स्थिति लगभग समान थियो । नोभेम्बरदेखि छिद्र तीव्र गतिमा कम हुन सुरु भयो र अन्ततः १ डिसेम्बरमा बन्द भयो । यसपटक ओजोन कोलमको न्यूनतमस्तर पछिल्ला केही वर्षको तुलनामा निकै राम्रो रह्यो । यसै कारण ओजोन मास डेफिसिट पनि औसत रूपमा कम दर्ज गरिएको छ ।
यी दुवै यस वर्ष छिद्रको गहिराइमा कम र घातक प्रभावका हिसाबले कमजोर भएको संकेत हो । यो अवधिमा स्ट्रेस्टोस्फियरमा हावा पनि अपेक्षाकृत कमजोर रह्यो, जसका कारण बाहिरी क्षेत्रबाट ओजोन–समृद्ध हावा अन्टार्कटिकाको माथिल्लो हिस्सामा प्रवेश गर्न सक्यो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया