प्यूठानमा डा.गोविन्द पोखरेलको नाम एकल सिफारिस हुन सकेन, रायमाझी र श्रेष्ठले दिए टक्कर
बाग्दुला । नेपाली कांग्रेस, प्यूठानले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको प्यूठानबाट कांग्रेसले केन्द्रीय सदस्य डा.गोविन्दराज पोख्रेल, खिमानसिंह रायमाझी र लक्ष्मी श्रेष्ठलाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ । समानुपातिकतर्फ देवीराम पुन र निशा योगीलाई सिफारिस गरिएको छ ।
नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा दुबैतर्फ झुकाब राख्दै आएका डा.पोखरेलको एकल नाम सिफारिस हुने भनेर अड्कलबाजी भइरहेका बेला रायमाझी र श्रेष्ठले चुनौती दिएका छन् । रायमाझी कार्यकर्ता बुझेका सिनियर नेतामा पर्छन् । डा.पोखरेल जागिरे जीवन र राजनीतिक नियुक्तिहरूमा रमाइरहेका बेला युवा नेता रायमाझीले कांग्रेसको संगठन गर्दै आएका थिए । रायमाझी राजनीतिमा डा.पोखरेलभन्दा सिनियर मानिन्छन् ।
राष्ट्रियसभातर्फको सम्भावित उम्मेदवारमा प्यूठान कांग्रेसले दीवाकर गौतम, ईश्वरसिंह विष्ट, मुक्तिप्रसाद शर्मा, भगवता विष्ट, मानबहादुर ओली, तिलककुमार बि.क., सनत श्रेष्ठ, खगेश्वर थापा र कमल पोख्रेलको नाम सिफारिस गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया