प्रहरीको प्राविधिक समूहतर्फ एसपी र डीएसपीहरूको बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कायालय, बढुवा समितिको सचिवालय, नक्सालले प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) पदहरूमा बढुवा सिफारिस गरेको छ ।

मंगलबार बढुवा समितिले प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ उप–समूह आवा तथा भौतिकतर्फको प्रहरी उपरीक्षक पदमा ३ जनालाई बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ । डीएसपीबाट एसपीमा बढुवा सिफारिस हुनेहरूमा ई.केविनजंग थापा, ई.रोशन सारु र ई.सुन्दर लाखे रहेका छन् ।

त्यसैगरी, बढुवा समितिले प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ उप–समूह आवास तथा भौतिकतर्फको प्रहरी नायव उपरीक्षक पदमा ३ जनाको बढुवा सिफारिस गरेको छ । प्राविधिकतर्फ ईन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुनेहरूमा दीपक के.सी.खत्री, विमल कार्की र ओमप्रकाश शर्मा रहेका छन् ।

समितिले प्राविधिक प्रहरी समूह केनाईनतर्फको प्रहरी नायव उपरीक्षक पदमा प्रहरी निरीक्षक कष्णबहादुर बस्नेतलाई बढुवा सिफारिस गरेको छ ।

प्राविधिक प्रहरी समूह संगीततर्फको प्रहरी नायव उपरीक्षक पदमा प्रहरी निरीक्षक रमणबहादुर पल्ली मगरलाई सिफारिस गरेको छ । उनी नेपाल प्रहरी संगीत विद्यालय बैण्डतर्फ कार्यरत छन् ।

Published : Wednesday, 2025 December 10, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया