भक्तपुर राप्रपा नेपालका नेता खड्का कांग्रेसमा प्रवेश

भक्तपुर । नेपाली कांग्रेस, भक्तपुरका सभापति दुर्लभ थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)का नेता श्यामकृष्ण खड्कालाई पार्टीमा स्वागत गरेका छन् ।

मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति थापाले खड्कासहितका नेताहरूलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

राप्रपा नेपालका नेता खड्का भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट निवासी हुन् । खड्का राप्रपा नेपाल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेता खड्का राप्रपा नेपालबाटै २०७९ को स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिकाको मेयर पदमा उम्मेदवार समेत बनेका थिए ।

नेता खड्का कांग्रेसको मूल्य मान्यता र सिद्धान्त अवलम्बन गर्ने घोषणा सहित सभापति थापाले पार्टीमा स्वागत गरेका छन् ।

Published : Tuesday, 2025 December 9, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया