सुर्खेत– १ बाट कांग्रेसका कार्यबाहक सभापति खड्काको नाम एकल रुपमा सिफारिस
वीरेन्द्रनगर । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सुर्खेत क्षेत्र नं. १ एकल रूपमा सिफारिस भएको छ ।
सुर्खेत कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले खड्कालाई सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । खड्का २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
कांग्रेस क्षेत्रीय सभापति झकबहादुर डाँगीले पार्टीका कार्यवाहक सभापति खड्कालाई उनको नेतृत्व क्षमता र संगठनमा देखाएको भूमिकाका आधारमा एकल सिफारिस गरिएको जानकारी दिएका छन् ।
सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट हृदयराम थानीसहित ६ जना नेताको नाम उम्मेदवारका लागि सिफारिस भएको छ । थानी २०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
थानीसहित उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भीष्मराज हमाल र बसन्ती बस्नेतको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति ईन्द्रबहादुर रावलले बताए ।
सुर्खेत–२ बाट समानुपातिकतर्फ गंगा नेपाली, पार्वती गिरी, भग्य कामी, धना बिष्ट र भीम शाई नेपाली सिफारिस भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया