कांग्रेस नेता मोहन बस्नेत सिन्धुपाल्चोक– १ बाट एकल सिफारिस, २ मा पनि पहिलो नम्बरमा सिफारिस
बाह्रबिसे । नेपाली कांग्रेस, सिन्धुपाल्चोक, क्षेत्र नं.१ ले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको छ ।
सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतका अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ बाट आगामी निर्वाचन प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बस्नेतको एकल नाम सिफारिस भएको बताए ।
पूर्वमन्त्री बस्नेत यसअघि सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । बस्नेतलाई सिन्धुपाल्चोकका जनताले विकास प्रेमी नेताको रुपमा चिन्छन् ।
कुनै भेदभाव नगरेर जनताको सेवा गर्दै आएका नेता बस्नेतलाई देशभरिका कांग्रेसका कार्यकर्ताले रुचाउँछन् ।
यसैबीच, सिन्धुपाल्चोक क्षेत्र नं. २ ले पनि नेता बस्नेतलाई प्रत्यक्ष निर्वाचनका लागि पहिलो नम्बरमा सिफारिस गरेको छ । सिन्धुपाल्चोक १ ले बस्नेतलाई एकल नाम सिफारिस गरेको छभने सिन्धुपाल्चोक २ ले बस्नेतको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया