रुपन्देही–५ कांग्रेसमा गगनको नाममा अबसरवादी भरतको गुण्डागर्दी, अन्यायमा पोख्रेलहरू
भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरत शाहले रुपन्देही क्षेत्र नं. ५ कार्यसमितिलाई कब्जा गरेर प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो नाम राखेर सिफारिस गर्न लगाएका छन् ।
नेता शाहले प्रतिनिधिसभा प्रत्यक्षतर्फ र राष्ट्रियसभा तथा समानुपातिकतर्फ आफू निकटका नेताहरूको मात्रै नाम राखेर सिफारिस गरेपछि विवाद भएको छ ।
शाह अघिल्लो पटक प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको सभापति पनिमा पनि शाह पराजित भएका हुन् । त्यसपछि शाहलाई केन्द्रीय सदस्यमा विधान विपरित मनोनयन गरिएको थियो ।
संस्थापन पक्ष छाडेर महामन्त्री गगनकुमार थापातिर लागेका नेता शाहले रुपन्देही क्षेत्र नं. ५ मा बाहुबली देखाएका छन् । आफ्नी पत्नी अनिता शाहलाई पनि राष्ट्रिय योजना आयोग लगायतमा नियुक्ति खुवाएर पटक पटक अवसर पाउँदै आएका उनको पछिल्लो गतिविधिले रुपन्देही क्षेत्र नं. ५ मा कांग्रेसको बेहाल हुने अवस्था सिर्जना भएको छ ।
भरत शाहले एकलौटी रुपमा कार्यसमितिलाई प्रलोभन देखाइ बन्धक बनाएर नाम सिफारिस गरेपछि असन्तुष्ट समूहले पनि नाम सिफारिस गरेको छ । रुपन्देही क्षेत्र नं. ५ मा विष्णुप्रसाद पोख्रेलसहितका नेताहरूको नाम प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस भएको छ ।
प्रत्यक्षतर्फ पोख्रेलसहित नाम सिफारिस हुनेहरूमा कमलप्रकाश भुषाल, लीलाकुमार पौडेल छन् । समानुपातिकतर्फ शेषमन यादव, डोलबहादुर थापा, दिलमाया कँडेल, खडानन्द खनाल, सीता पोख्रेल रहेका छन् । राष्ट्रियसभातर्फ रघुनाथ घिमिरे, ईन्द्रबहादुर जि.सी., कल्पना ढकाल रहेका छन् ।
रुपन्देही क्षेत्र नं. ५ मा लोकप्रिय र कांग्रेसको संगठन निर्माणमा काम गरेका नेताहरूलाई शाहले महामन्त्री गगन थापाको आड भरोसामा पेलेर लगेका छन् । विष्णुप्रसाद पोख्रेल जस्ता युवाहरू रुपन्देही ५ मा लोकप्रिय छन् । उनीहरूलाई शाहले राजनीतिक हत्या गर्ने उद्देश्यले गतिविधि गरिरहेका छन् ।
तत्कालीन समयमा खुमबहादुर खड्काको गुटमा बसेर धेरै अवसर लिनेमा यिनै भरत शाह निकै अगाडि थिए । त्यसपछि सभापति शेरबहादुर देउवासँग निकट रहेर पत्नी र आफूले अवसर लिए । सभापति देउवालाई हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएपछि देउवालाई छाडेर भरत शाह महामन्त्री गगन थापाको पछाडि लागेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया