प्रधानमन्त्री कार्की र मन्त्रीहरूसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरद्वारा भेट
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
यसअघि भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनुले अर्थमन्त्री समेत रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाइ, शहरी विकास, भौतिक पूर्वाधार र यातायातमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य र आपूर्ति, कानून, न्याय र संसदीय मामिला, भूमि व्यवस्थापन, सहकारी र गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, सूचना तथा सञ्चार प्रविधिमन्त्री श्री जगदीश खरेल र परराष्ट्र मन्त्रालयका विदेश सचिव अमृतबहादुर राईसँग पनि अलग अलग भेट गरेका छन् ।
भेटघाटमा भारत र नेपालबीचको सहकार्यमा स्थिरता, प्रगति लगायतका विषयमा कुराकानी भएको भारतीय भारतीय राजदूतावासले सामाजिक सञ्जालमार्फत जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया