सभापति देउवासँग मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले भेट गरेर धन्यवाद दिएका छन् ।

मंगलबार काठमाडौंस्थित निवासमा सभापति देउवासँग मुख्यमन्त्री यादवले भेट गरेका हुन् । मुख्यमन्त्री पदको शपथ लिएर विश्वासको मत प्राप्त गर्ने वित्तिकै यादवले सभापति देउवासँग भेट गरेका छन् ।

सभापति देउवाले मुख्यमन्त्री यादवलाई जनताले अनुभूति गर्ने गरी मधेश प्रदेशमा काम गर्न निर्देशन दिएका छन् । मधेश प्रदेशका जनताले परिवर्तनको अनुभूति गर्न पाउनुपर्ने सभापति देउवाको भनाइ छ ।

सभापति देउवाले एमालेका अध्यक्ष केपी ओलीसँग मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई विश्वासको मत दिन आग्रह गरेका थिए । अन्य दलहरूसँग पनि सभापति देउवाले यादवका लागि लबिङ गरिदिएका थिए ।

Published : Tuesday, 2025 December 9, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया