संगठित अपराध र सहकारी ठगका अभियुक्तको आशीर्वाद लिन जेलमा तछाडमछाड
काठमाडौं । संगठित अपराध र सहकारी ठगका अभियुक्त रवि लामिछानेले ललितपुरको नख्खुस्थित जेलबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चलाएका छन् ।
त्यति मात्रै कहाँ हो र ? लामिछानेले राष्ट्रिय राजनीतिलाई समेत चलाउने प्रयास गरेका छन् । लामिछानेलाई भेट्न न्यायालयसँग सम्बन्धित व्यक्तिदेखि नेपाली कांग्रेसका नेता सुनिल शर्मा, कलाकार, सञ्चारकर्मी लगायत भेट्न पुगेका छन् ।
जिल्ला अदालत र उच्च अदालत अर्थात् दुई वटा अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले जेलभित्रैबाट उथल पुथल ल्याउने प्रयास गरेका छन् । रास्वपाका सभापति लामिछानेको आशीर्वाद लिएर फागुन २१ गतेको निर्वाचन जित्न सकिन्छ कि भन्ने उद्देश्यले एउटा समूह निरन्तर जेलमा भेट्न गइरहेको छ ।
लामिछानेलाई जेलभित्र पुगेर भेट गरेर आउनेहरूले न्यायालयमा बिचारधीन विषयलाई प्रभावित तुल्याउने गरेर अभिव्यक्तिहरू दिइरहेका छन् । अदालतको अन्तिम फैसला नआउँदै लामिछानेलाई निर्दोष भनेर मुद्दा बिथोल्ने प्रयास गरेका छन् ।
लामिछाने जेलभित्र रहँदा आफ्नो पक्षमा मिडियाबाजी गरेर राज्यका हरेक निकायलाई आजित बनाइरहेका बेला उनी बाहिर रहेको भए के हुँदो रहेछ ? गम्भीर प्रश्न उठेको छ ।
संगठित अपराध र सहकारी ठगका अभियुक्त लामिछानेको आशीर्वाद लिन जानेहरूको कुनै कमी छैन । बिगतमा पनि केही नेताहरूले जेलभित्रैबाट राजनीतिक दल र राष्ट्रिय राजनीतिलाई चलाउन खोजेका थिए । लामिछानेको शैली पनि ठ्याक्कै त्यही देखिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया