कुलेश्वरमा हुण्डीको ठूलो रकम बरामद, काभ्रेली श्रेष्ठ पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले हुण्डीको ५७ लाख ४७ हजार ३ सय ५० रुपियाँसहित एकजनालाई पक्राउ गरेको छ ।
सोमबार काठमाडौं प्रहरीका एसपी पवनकुमार भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिअनुसार काठमाडौंको कुलेश्वरस्थित चुन्नेपाखा टोलमा प्रहरीले छापामारेर ३४ वर्षीय सरोज श्रेष्ठलाई हुण्डीको रकमसहित पक्राउ गरिएको हो । प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथमा रहेको र कोठामा रहेको रकम बरामद गरेको थियो ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ९ घर भइ हाल काठमाडौंको कुलेश्वरमा बस्दै आएका श्रेष्ठको साथबाट ठूलो परिमाणको हुण्डीको रकम बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।
हुण्डीको ठूलो परिमाणको रकमसहित पक्राउ परेका श्रेष्ठलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि ५ दिनको म्याद थप अनुमति लिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया