आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट–२ मेन–ड्रका खेल सुरू
पोखरा । आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा २०२५ पोखरा रंगशालामा दोस्रो सर्किट अन्तर्गत मेन ड्रका खेलहरू सुरू भएका छन् ।
सोमबारदेखि अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ)को स्वीकृति तथा कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स राउण्ड ३२ तर्फ शीर्ष वरीयता प्राप्त टिङ–हो याङ (चाइनेज ताइपेइ)ले तेजस रवि (भारत)लाई ६–२, ६–४ ले पराजित गर्दै सुखद् सुरुआत गरेका छन् ।
भारतका प्रतीक सेओरानले नेपालका आयुश्मान हजुर घलेलाई कडा प्रतिस्पर्धामा २–६, ६–३, ६–४ ले हराए ।
भारतकै शशांक साईप्रसाद कर्नाटीले कोरियाका ह्यो जिन हालाई ६–३, ६–२ ले पराजित गरे । यान्शुओ पान (चीन) ले नेपालका असव सम्राट हाडालाई ६–१, ६–० को सोझो सेटमा हराए । त रोबर्ट डोल्या (सिंगापुर) ले क्युङबिन आन (कोरिया) लाई ७–५, ६–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरे ।
भारतका माधव दीक्षितले नेपालका दर्शिल श्रेष्ठविरुद्ध पहिलो सेट गुमाए पनि शानदार पुनरागमन गर्दै ४–६, ६–४, ६–२ ले जित दर्ता गरे । यश कुमार (भारत)ले बंगलादेशका खाब्बो गयेन लाई ६–४, ७–६(४) ले हराए ।
युल हो जुंग (कोरिया)ले नेपालका राजवीर प्रधानविरुद्ध संघर्षपूर्ण खेलमा ६–४, २–६, ६–३ को जित हात पारे । नेपालका करण थापाले बंगलादेशका एमडी महाद बिन मलेक महादलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे ।
आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत पहिलो दिन सम्पन्न गर्ल्स सिङ्गल्स राउन्ड अफ ३२ का खेलहरूमा धेरै खेलाडीहरूले दबाबपूर्ण र प्रभावशाली जित दर्ता गर्दै दोस्रो चरणमा स्थान बनाएका छन् ।
भारतकी मेहा पाटिलले नेपालकी साल्भी शेरचनलाई ६–०, ६–० को दोहोरो सेटमा पराजित गर्दै दिनकै सबैभन्दा एकतर्फी जित निकालिन् । भारतकै ध्रुती गुन्डुले बंगलादेशकी येआना चौधरीलाई ६–२, ६–४ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरिन् ।
सातौं वरीयता प्राप्त अमेरिकाकी नाला जोसेफिन मास्कीलाई भारतकी रञ्जना संग्रामले ६–०, ६–४ ले पराजित गर्दै उल्लेखनीय नतिजा निकालेकी छिन् । बुल्गेरियाकी सोफिया जाखारकिभले भारतकी इशा शर्माविरुद्ध तीन सेटको संघर्षपूर्ण खेलमा ६–१, ४–६, ६–२ को जित हात पारिन् ।
प्रतियोगितामा ब्वाइज डबल्स तथा गर्ल्स डबल्सतर्फका खेलहरू समेत जारी रहेका छन् । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा १६ देशका ८० खेलाडीहरूको सहभागिता रहेको छ ।
प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरूको सहभागिता छ ।
प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वार्टर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स/गर्ल्स सिङ्गल्स तथा डबल्स गरी चार ईभेन्टमा प्रतियोगिता संचालन भइरहेका छन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिव भीष्मराज पौडेलले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया