आरजुलाई झापड हान्ने गगनका केटाहरू हुन्, कांग्रेस पार्टी कार्यालयमा पनि आगो लगाए, मसँग प्रमाण छ : सभापति सुनार
काठमाडौं । हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाकी धर्मपत्नी डा.आरजु राणामाथि आक्रमण गर्न केटाहरू पठाएको प्रमाण आफूसँग रहेको बताएका छन् ।
आइतबार ललितपुरको नख्खुस्थित जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेर बाहिर आएपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति सुनारले कांग्रेस नेतृ डा.राणालाई कुटपिट गर्न गगनले पठाएका केटाहरू बचाइदिनु प¥यो भनेर आफूसमक्ष आएको बताए ।
कांग्रेस नेतृ डा.राणालाई कुटपिट गर्न महामन्त्री थापाले दलित समुदायका युवाहरू पठाएको सुनारले दाबी गरेका छन् ।
महामन्त्री थापाले सभापति देउवा र नेतृ डा.राणामाथि आक्रमण गर्न युवाहरू परिचालन गरेको भनेर यसअघि पनि आरोप लाग्दै आइरहेका बेला हाम्रो पार्टी नेपालका सभापति सुनारले पनि महामन्त्री थापामाथि छानविनको माग राखेका छन् । घटनामा थापाको संलग्नता रहेको प्रमाण रहेको भनेर सभापति सुनारले सनसनी कुरा बाहिर ल्याएका छन् ।
महामन्त्री थापाले कांग्रेस सभापति देउवाको घर र पार्टी केन्द्रीय कार्यालय तथा नेताहरूको घर जलाउन पनि युवाहरू पठाएको सुनारले बताएका छन् । सभापति सुनारले महामन्त्री थापालाई यी घटनाहरूमा अनुसन्धानको दायरामा राखेर छानविन गर्न माग गरेका छन् ।
सभापति सुनारले भने, ‘गगन थापाले जेनजी आन्दोलनमा जसरी कांग्रेसको पार्टी कार्यालय जलाउनेदेखि कांग्रेस सभापति शेरबहादुर देउवाको घरहरू जलाउने कामको नेतृत्व जसरी गगन थापाहरूले गरे गगन थापामाथि पनि अब चाहिँ छानविन हुनुपर्छ की पर्दैन ? आज प्रश्न आएको छ ।’
‘यति मात्रै होइन कांग्रेसको पार्टी कार्यालयदेखि कांग्रेसका सबै नेताको घरमा आगो लगाउने काम नै गगन थापाहरूले गरेका हुन्,’ सभापति सुनारले भने, ‘कांग्रेसको सभापति शेरबहादुर देउवाको श्रीमती आरजु देउवालाई झापड हान्ने मान्छे गगन थापाका केटाहरू हुन् । म तपाईहरूलाई आज यति पनि भन्छु यहाँबाट हान्ने केटाहरू अझ दलित समुदायका केटाहरू हुन् । तिनीहरूले आएर मलाई भनेका छन् की त्यो चाहिँ गगन थापाले पठाएर हामीले मान्छे पिट्यौँ । तर, आज हामीलाई बचाइदिनु प¥यो दाई हाम्रा मान्छे खोजी रहेका छन् भनेका छन् ।’
सभापति सुनारले भने, ‘त्यसैले यहाँबाट स्पष्ट भन्नुपर्ने कुरा चाहिँ के हो भने उनीहरूमाथि छानविन हुनुपर्छ की पर्दैन ? उनीहरूले गरेको बदमासी र अपराधहरूमाथि छानविन हुनुपर्छ की पर्दैन ? त्यही आगोले रवि लामिछानेलाई पोल्ने, त्यही आगोले कांग्रेस, एमालेका सहकारीका ठगहरूलाई पोल्ने की नपोल्ने ?’
सभापति सुनारले कांग्रेस महामन्त्री गगन थापा र कम्पनी आफ्ना विरोधीहरू फसाउन निकै माहिर रहेको बताएका छन् । उनले भने, ‘कांग्रेसभित्र गगन थापा एण्ड कम्पनीहरूले जसरी रवि लामिछानेलाई फसाए । जसरी गगन थापाहरूले मिशन बनाएर, तयारी नै गरेर, जसरी आफू माथि देखिनलाई अरुलाई खाल्डोमा राखेर आफू बाहिर देखिन अरुलाई जसरी जेलभित्र कोची रहेका छन् ।’
‘स्पष्ट रुपमा त्यो कुरा हामीले के बुझ्नु पर्छ भने रवि लामिछाने उनले के काम गरेका छन् ? कसो गरेका छन् ? भन्ने बारेमा त्यसको निष्पक्ष छानविन हुनुपर्छ भन्ने कुरामा हिजो पनि हामी थियौं, आज पनि छौँ,’ सभापति सुनारले भने ।
‘त्योभन्दा पूर्वनै गगन थापाहरूले नियोजित ढंगबाट, जसरी स्क्रिप्ट लेखेर नियोजित ढंगबाट रवि लामिछानेलाई जेलभित्र कोचेर राख्नुभयो । जेलभित्र थुनेर राख्ने खालको षड्यन्त्र भयो म मात्रै होइन, यो नख्खु जेलेको गेटमा आएर सबै जनताले एक पटक उभिनु पर्छ । सोँच्नुपर्छ,’ सुनारले भने ।
‘गगन थापाले पार्लियामेन्टबाट भनेका थिए, हामीसँग प्रमाण छ, प्रमाण छ । म यहाँबाट आज भन्न चाहन्छु महामन्त्री गगन थापालाई तिमीले भनेको त्यो प्रमाण कहाँ छ ? यसरी प्रमाण छभनेर यसरी झुठ्ठो आरोपमा स्क्रिप्टले जसरी रवि लामिछानेलाई थनियो, रवि लामिछानेले गरेको बदमासी भन्दा ठूलो प्रमाण हामीसँग छ,’ सभापति सुनारले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया