आईजीपी कार्कीद्वारा निर्वाचन केन्द्रित सुरक्षामा ध्यान दिन निर्देशन

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले राजस्व चुहावट र अपराध नियन्त्रणमा विशेष ध्यान दिएर कार्यसम्पादन गर्न मातहतलाई निर्देशन दिएका छन् ।

आइतबार आईजीपी कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई भर्चुअल माध्यमबाट अपराध नियन्त्रण गर्न निर्देशन दिए ।

उनले अपराध अनुसन्धान, राजस्व चुहावट तथा तस्करी नियन्त्रण, सवारी दुर्घटना नियन्त्रण, आसन्न निर्वाचन लक्षित सुरक्षा व्यवस्थापन, प्रहरी आचरण तथा व्यवहार, नागरिक मैत्री सेवा प्रवाह लगायतका समसामयिक विषयवस्तुमा निर्देशन दिएका हुन् ।

प्रहरी कामकारबाही सम्बन्धमा प्रहरी कर्मचारीहरूलाई आईजीपी कार्कीले निर्देशन दिएको प्रेस नोटमा उल्लेख छ । सो अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी सुशीलसिंह राठौरले पनि बस्तुनिष्ठ र प्रमाणमुखी अनुसन्धानमा जोड दिन निर्देशन दिएका छन् ।

Published : Monday, 2025 December 8, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया