अदालतमा मोटी भनेपछि १९ हजार जरिवाना, १२ महिना सम्पर्क गर्न रोक
लण्डन । बेलायतको चेशायरमा आरोन क्विनले छिमेकी सारा एलेनलाई बहसको क्रममा मोटी भनेपछि त्यही अभद्र शब्द र व्यवहारका कारण अदालतले उनलाई १०० पाउण्ड अर्थात् करिब १९ हजार नेपाली रुपियाँभन्दा बढी जरिवाना गरेको छ ।
द टेलिग्राफका अनुसार घटना मार्च २८ मा सुरु भएको थियो । क्विनले अर्का छिमेकी माइकल टेलरको घरमा गएर ढोका लात्ताले हाने, बाहिर निस्कन कर गरे । टेलर बाहिर निस्किएपछि दुबैबीच झगडा भयो, क्विनले रिसमा भित्ताको बत्ती निकालेर फुटाइदिए ।
त्यही दिन सारा एलेनसँग पनि लामो बहस भयो । अभियोजन पक्षकी रेनी सदर्नले अदालतमा भनिन्, ‘उनले उनलाई मोटी भने, तौलको बारेमा अपमानजनक टिप्पणी गरे, सामान्य दुव्र्यवहार गरे । यसले उनलाई तनाव र पीडा दियो ।’
क्विनले अदालतमा अपराध स्वीकार गरेका छन् । उनले आफू अनिद्राको समस्याबाट पीडित भएको र आमाको मृत्युले मानसिक रूपमा कमजोर बनाएको बताए । त्यसपछि उनी सहरको अर्को ठाउँमा सरेका छन्, अहिले कुनै झगडा भएको छैन ।
जरिवानाबाहेक उनलाई ११४ पाउण्ड अर्थात् झण्डै २२ हजार रुपियाँ थप शुल्क र सारा एलेनसँग १२ महिनासम्म सम्पर्क नगर्न अदालतले आदेश दिएको छ ।
न्यायाधीश इयान जोनस्टनले भने, ‘हामी सारा एलेनलाई क्षतिपूर्तिलाई प्राथमिकता दिनेछौं, जसलाई तपाईंले बारम्बार दुःख दिनुभएको छ ।’ – एजेन्सी
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया