काठमाडौंमा पति र पत्नीबीच झगडा, ४ वर्षीय छोराको हत्या

काठमाडौं । आफ्नै ४ वर्षीय छोराको हत्या गरेको अभियोगमा प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीलाई पक्राउ गरेको छ ।

आइतबार करीव १६ः०० बजेतिर काठमाडौंको सिनामंगलस्थित डेरा कोठामा असई कार्कीले छोराको हत्या गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।

असई कार्की र उनकी श्रीमतीबीच चारमहिने छोराको उपचारको विषयमा झगडा भएको प्रारम्भीक अनुसन्धाना क्रममा खुलेको एसपी भट्टराईले जानकारी दिएका छन् ।

छोराको उपचारको विषयमा श्रीमान् र श्रीमतीबीच झगडा भएको थियो । श्रीमतीमाथि कुटपिट गरी चारमहिने छोराको घाँटी रेटेर असई कार्कीले हत्या गरेको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको एसपी भट्टराईले बताए ।

असई कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । उनकी श्रीमती पनि नेपाल प्रहरीकै जवान हुन् ।

श्रीमतीलाई कुटपिट गरी घाइते बनाएर छोराको हत्यापश्चात् असई कार्की कोठाबाट भागेका थिए । कार्कीलाई प्रहरीले आइतबार साँझ ६ बजेतिर थानकोट एरियाबाट पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको एसपी भट्टराईले बताए ।

कुटपिटबाट घाइते भएकी असई कार्कीकी श्रीमतीलाई प्रहरीले उद्धार गरी महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पु¥याइएको थियो । कार्की बसेको कोठामा प्रहरी पुग्दा बच्चाको मृत्यु भइसकेको थियो ।

घटनाको विषयमा काठमाडौं प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाएको जनाएको छ । घटनाको कारण पत्ता लाग्नेवित्तिकै थप जानकारी दिने प्रहरीले जनाएको छ ।

Published : Monday, 2025 December 8, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया