अध्यक्ष आचार्यले सम्हाले प्रेस काउन्सिलको कार्यभार
काठमाडौं । प्रेस काउन्सिल, नेपालका नवनियुक्त अध्यक्ष डा.कुमार शर्मा आचार्यले कार्यभार सम्हालेका छन् ।
आइतबार आचार्यले काउन्सिल सदस्यहरूको उपस्थितिमा शपथग्रहण गर्नुका साथै कार्यभार ग्रहण गरेका हुन् ।
अध्यक्ष आचार्यले मुलुक सङ्कटपूर्ण अवस्थामा रहेको बेला आफू काउन्सिलको नेतृत्वमा आएको बताएका छन् । उनले मेलमिलापको वातावरण बनाएर सबै पदाधिकारी र कर्मचारीसँग सल्लाहसुझाव लिँदै अगाडि बढ्ने बताएका छन् ।
अध्यक्ष डा. आचार्यलाई स्वागत गर्दै सदस्यहरू कुमारीनिमा काफ्ले, शन्तराम बिडारी, नकुल अर्याल, बालकृष्ण अधिकारी, निर्मला शर्माले नीतिगत निर्णय र विवाद समाधानमा काउन्सिलको भूमिका अझै सशक्त हुने विश्वास व्यक्त गरेका छन् ।
मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेको कार्यक्रममा काउन्सिल सदस्यहरू केशवशरण लामिछाने, भीमलाल श्रेष्ठ, रामप्रसाद दाहाल, विजयराज अधिकारी, सदस्य–सचिव छबीन्द्र पराजुली, काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत(प्रवक्ता) दीपक खनाल, सहप्रशासकीय अधिकृत(सूचना अधिकारी) रामशरण बोहरा, उपप्रशासकीय अधिकृतद्वय राधेश्याम अधिकारी र रहमतुल्ला मियाँलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
वरिष्ठ अधिवक्ता आचार्यलाई २०८२ मंसिर १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट काउन्सिल अध्यक्ष मनोनीत गरिएको थियो । नेपाल बारको उपाध्यक्ष भइसकेका आचार्य यसअघि मेलमिलाप परिषदको संस्थापक सदस्य र ३ वर्षे कार्यकालपछि मेलमिलाप विज्ञको रूपमा कार्यरत रहेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया