एनआरएनए स्टेरिङ कमिटीद्वारा सदस्यता खुला गर्ने र निर्वाचन समिति गठन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बसेको छ ।
आइतबार भर्चुअलरुपमा बसको बैठकमा संघका अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा.बद्री के.सी.ले अध्यक्षता ग्रहण गरेका छन् । महासचिवद्वय बाबुराम (बीआर) लामा र गौरीराज जोशीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता भएपछि बसेको पहिलो बैठकले १२ एनआरएनएको १२औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन पनि गरेको छ ।
उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तोकिएको छ । निर्वाचन समितिमा उनीसहित ७ जना रहनेछन् ।
स्टेरिङ कमिटीको बैठकले अमेरिकाका भरत अर्याल, बेलायतका सुरेन्द्र श्रेष्ठ र चिरञ्जीवी ढकाल, अष्ट्रेलियाका होमनाथ पाण्डे, मध्यपूर्वका नरेन्द्र भाट र टी.बी. कार्कीलाई निर्वाचन आयुक्त तोकिएको छ ।
आगामी महाधिवेशनलाई लक्षित गरेर डिसेम्बर ९ देखि १ महिनाका लागि सदस्यता खुला गर्ने निर्णय पनि आइतबारको बैठकले गरेको छ ।
त्यसका लागि कार्यविधि बनाएर स्टेरिङ कमिटीमा २ दिनभित्र पेस गर्ने जिम्मा महासचिवद्वय लामा र जोशीलाई दिइएको छ । एक÷दुई वा सोभन्दा बढी एनसीसी भएका देशहरूमा सदस्यता प्रमाणीकरण गर्ने जिम्मा सम्बन्धित एनसीसीका अध्यक्ष र महासचिवलाई नै जिम्मेवारी दिने निर्णय पनि भएको छ ।
११ सदस्यीय स्टेरिङ कमिटीमा महेशकुमार श्रेष्ठ, डा.बद्री के.सी., विनोद कुँवर, आर.के. शर्मा, विनोद श्रेष्ठ, बी.आर. लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम, भवानी ओली र ईन्द्रा बन रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया