टिम चेसमा ललितपुर महानगरपालिकाको जीत
कुमारीपाटी । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा ८औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु भएको छ ।
बागमती प्रदेशसभाका सदस्य रघुनाथ महर्जनले चेस गोटी चालेर खेल शुभारम्भ गरेका छन् । आठौं संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप आइतबार शीर्ष खेलाडी सम्मिलित २२ टोलिले सहभागिता जनाएका छन् ।
पहिलो खेलमा आयोजक ललितपुर स्पोट्र्स क्लबले काठमाडौं चेस क्लबमाथि जीत दर्ता गरेका छन् । ललितपुर महानगरपालिका टिमले भक्तपुर जिल्ला बुद्धिचाल संघ लाई पराजित गरे ।
स्पर्धामा साबिक बिजेता थापाथली चेस पार्कले सुदूरपश्चिम बुद्धिचाल संघलाई दोलखा चेस होमले गोदावरी नगरपालिकलाई, पेभिलोन चेस एकेडेमले ललितपुर जिल्ला बुद्धिचाल संघलाई हराउन सफल बनेका छन् ।
मध्यपुर थिमिनगर चेसले हिमालयन चेस एकेडेमीलाई, कास्की जिल्ला बुद्धिचाल संघले पुल्चोक ईञ्जिनियरिङ क्याम्पस र महालक्ष्मी नगरपालिकाले पूर्वेली ब्रदर्शलाई हारको सामना गराएका छन् ।
ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन कलेजमा पाँच दिन सञ्चालन हुने राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतिस्पर्धाका विजेताले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछ ।
उप–विजेता टिमले नगद १ लाख, तृतीय हुनेले ६० हजार र चौथो हुनेले ४० हजार पुरस्कार ग्रहण गर्ने छन् । पाँचौंदेखि सातौंसम्मका टिमले समान २० हजार तथा व्यक्तिगत पाँच उत्कृष्ट खेलाडीले जनही १० हजार पुरस्कार हात पार्नेछन् ।
तुल्सीलाल प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा, नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले शुभकामना व्यक्त गरेका छन् । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको सक्रियतामा सञ्चालन भइरहेको प्रतियोगिता सोमबार दुई चरणमा हुनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया