ज्यान मार्ने धम्की आउँदा पनि प्रेम राई र अख्तियारको टिमले दर्ता गरायो नेपालको ईतिहाँसकै ठूलो भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीनमन्त्री स्व.पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री डा.रामशरण महतसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम सजाय हुन मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा उनीहरूविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि खैलाबैला भएको छ ।
अख्तियारका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ । दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माण अनियमितताका पनि प्रतिवादी हुन् । प्रदीप अधिकारी र मुरारी भण्डारी हाल अख्तियारको हिरासतमा छन् ।
पोखरा विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना हो । २०६५ देखि अध्ययन सुरु गरेर २०७९ मा निर्माण सम्पन्न भएको यो विमानस्थल घोटाला प्रकरणमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले समेत २०८२ वैशाखमा कैफियत देखाउँदै अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको दाबीसहित प्रतिवेदन समितिलाई बुझाएको थियो । समितिले थप अनुसन्धानका लागि अख्तियारलाई पठाएको थियो । समितिले प्रतिवेदन बुझाएको ७ महिनापछि अख्तियारले आइतबार अनुसन्धान टुंग्याउने विशेष अदालतमा मुद्दा लगेको छ ।
पोखरा विमानस्थलको भ्रष्टाचारको अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएपछि अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई ज्यान मार्ने धम्की समेत आएको छ । आफ्नो ज्यानको प्रवाह नगरेर प्रमुख आयुक्त राईले नेपालको ईतिहाँसकै ठूलो भ्रष्टाचार मुद्दा दर्ता गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमनप्रसाद शर्मा, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मा, पर्यटन मन्त्रालयका तत्कालीन सह–सचिव रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, सह–सचिव तथा प्राधिकरण सञ्चालक समिति सदस्य लोकबहादुर खत्री, प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सुरेश आचार्य, मदन खरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भन्सार विभागका तत्कालीन महानिर्देशक एवम् नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्य, प्राधिकरणका तत्कालीन महानिर्देशक एवम् सञ्चालक समितिका सदस्य–सचिव रतीश चन्द्रलाल सुमन, प्राधिकरणका तत्कालीन उप–महानिर्देशक सुमनकुमार श्रेष्ठ, तत्कालीन उप–सचिव हरिबहादुर खड्का, तत्कालीन उप–महानिर्देशक रोशन चित्रकार, ऋषिकेश शर्मा, तत्कालीन उपनिर्देशक नारायण गिरी, महेशकुमार बस्नेत, तत्कालीन निर्देशक बाबुराम पौडेल, उपनिर्देशक मुरारी भण्डारी, सुवर्णराज उपाध्याय, निर्देशक प्रतापबाबु तिवारी, तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाल, रामचन्द्र सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिना, एयरपोर्ट ईञ्जिनियर डा.पुरुषोत्तम डंगोल, सेवा निवृत्त निर्देशक विनोदानन्द चौधरी, प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्दप्रसाद भण्डारी, तत्कालीन प्रबन्धक गंगासागरमान श्रेष्ठ, तत्कालीन उपप्रबन्धक हाल महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन विश्वविद्यालय, ईञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका तत्कालीन प्राध्यापक डा. रविन्द्रनाथ श्रेष्ठ, उप–प्राध्यापक सूर्य ज्ञवाली, सन्तोषकुमार श्रेष्ठ, तत्कालीन उपनिर्देशक डा. पुण्यराज शाक्य, तत्कालीन वरिष्ठ कानून अधिकृत द्वारिकाप्रसाद भट्टराई, तत्कालीन प्रबन्धक कुलप्रसाद सिंखडा, तत्कालीन सह–सचिव मधुकुमार मरासिनीविरुद्ध पनि आइतबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अर्थ मन्त्रालयका तत्कालीन उपसचिव लालबहादुर खत्री, शाखा अधिकृत कमलकुमार भट्टराई, तत्कालीन उपसचिव प्रेम उपाध्याय, पर्यटन मन्त्रालयका तत्कालीन मन्त्री पोष्टबहादुर बोगटीको हकवाला श्रीमती राममाया बोगटी, प्राधिकरणका तत्कालीन उपनिर्देशक ध्रुवदास भोछिभोयाको हकमा निजको हकवाला श्रीमती यमुनादेवी श्रेष्ठ, चाइना सीएएमसी ईञ्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोका मुख्य भइ काम गर्ने व्यक्ति वाङ बो र लिउ सेङचेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यो मुद्दामा सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार तिमल्सेना पनि प्रतिवादी बनेका छन् । विमानस्थल निर्माणसम्बन्धी सुरु लागत अनुमान १ सय ४५ मिलियन अमेरिकी डलरबाट बढाएर २ सय १५ मिलियन अमेरिकी डलर पु¥याइएकोमा यसरी बढाइएको लागत अनुमानसम्बन्धी अध्ययन कार्यदलको उनी संयोजक थिए ।
तिमिल्सिना पछिल्लो पटक २०७८ सालमा मात्र समावेशी आयोगको अध्यक्षसमेत भएका थिए । सूचनाको हकमा विद्यावारिधि गरेका र कानूनी पृष्ठभूमिका तिमिल्सिनाले राज्यलाई हानी–नोक्सानी हुने गरी बदनियतपूर्ण रुपमा लागत बढाइएकोमा प्रतिवादी बनेका हुन् । यही लागत अनुसार निर्माण प्रक्रिया अघि बढाउने निर्णय प्रक्रियामा संग्लन रहेको आरोपमा त्यतिबेलाका अर्थमन्त्री डा.रामशरण महत र दुई पर्यटनमन्त्री भीम आचार्य र दीपक अमात्य पनि प्रतिवादी बनेका छन् ।
यी हुन् भ्रष्टाचारमा मुछिएकाहरू
१. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठ
२. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष भीमप्रसाद आचार्य
३. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपकचन्द्र अमात्य
४. अर्थ मन्त्रालयका तत्कालीन मन्त्री डा.रामशरण महत
५. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरे
६. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ
७. अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमनप्रसाद शर्मा
८. कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मा
९. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव रञ्जनकृष्ण अर्याल
१०. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सह-सचिव मोहनकृष्ण सापकोटा
११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सह-सचिव तथा प्राधिकरण सञ्चालक समितिको सदस्य लोकबहादुर खत्री
१२. नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य मनरुप शाही
१३. नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य ज्योति अधिकारी
१४. नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य मनोज कार्की
१५. नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य फुर्वा छिरिङ शेर्पा
१६. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सह-सचिव एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य सुरेश आचार्य
१७. नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य मदन खरेल
१८. भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य मुक्तिनारायण पौडेल
१९. भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य सूर्यप्रसाद आचार्य
२०. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य-सचिव त्रिरत्न मानन्धर
२१. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य-सचिव रतीश चन्द्रलाल सुमन
२२. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक सुमनकुमार श्रेष्ठ
२३. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उप-सचिव हरिबहादुर खड्का
२४. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक रोशन चित्रकार
२५. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक ऋषिकेश शर्मा
२६. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक नारायण गिरी
२७. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक महेशकुमार बस्नेत
२८. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेल
२९. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक अशोक कुमार सुवेदी
३०. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रवन्धक मुरारी भण्डारी
३१. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक सुवर्ण राज उपाध्याय
३२. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक प्रताप वावु तिवारी
३३. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्र प्रसाद फुयाल
३४. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक राम चन्द्र सुवेदी
३५. सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिना (डा. रामकृष्ण तिमल्सेना)
३६. एयरपोर्ट इन्जिनियर डा. पुरुषोत्तम डंगोल
३७. नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सेवा निवृत्त निर्देशक विनोदानन्द चौधरी (बिनोदानन्द चौधरी मैथिल बाहुन)
३८. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्द प्रसाद भण्डारी
३९. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक गंगा सागर मान श्रेष्ठ
४०. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपप्रबन्धक हाल महानिर्देशक प्रदीप अधिकारी
४१. त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन प्राध्यापक डा. रबिन्द्रनाथ श्रेष्ठ
४२. त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन उप-प्राध्यापक सूर्य ज्ञवाली
४३. त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन उप-प्राध्यापक सन्तोष कुमार श्रेष्ठ
४४. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक हंसराज पाण्डेय
४५. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक डा. पुण्यराज शाक्य
४६. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन बरिष्ठ कानुन अधिकृत द्वारिका प्रसाद भट्टराई
४७. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक कुल प्रसाद सिंखडा
४८. अर्थ मन्त्रालयका तत्कालीन सहसचिव मधुकुमार मरासिनी
४९. अर्थ मन्त्रालयका तत्कालीन उपसचिव लाल बहादुर खत्री
५०. अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत कमल कुमार भट्टराई
५१. अर्थ मन्त्रालयका तत्कालीन उपसचिव प्रेम उपाध्याय (प्रेम नाथ उपाध्याय)
५२. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष स्व. पोष्ट बहादुर बोगटीको हकवाला श्रीमती राममाया बोगटी
५३. नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक ध्रुवदास भोछिभोयाको हकमा निजकी हकवाला श्रीमती यमुना देवी श्रेष्ठ
५४. चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड र त्यसका अध्यक्ष वाङ पो र क्षेत्रीय प्रबन्ध निर्देशक लिउ सेङचेङ
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया