देउखुरीमा माओवादीका नेता दीपक चौधरीसहित एक सयभन्दा धेरै कांग्रेसमा प्रवेश
बगरापुर । दाङको देउखुरीमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का दीपक चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिबार राप्ती गाउँपालिका वडा नं. ६ बगरापुरमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा दीपक चौधरीसहितका एक सयभन्दा धेरै स्थानीय नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्् । नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले पार्टीमा स्वागत गरेका छन् ।
नेता चौधरीले नवप्रवेशीहरूलाई कठिनको समयमा नेपाली कांग्रेसलाई विश्वास गरेर पार्टी प्रवेश गरेकोमा धन्यवाद दिएका छन् । ‘तपाईहरूका कारण कांग्रेसलाई मनोवल बढेको छ,’ नेता चौधरीले भने ।
राप्ती गाउँपालिका वडा नं. ६ बगरापुर निवासी तत्कालीन नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता दीपक चौधरीसहित एक सयभन्दा धेरै माओवादीका स्थानीय नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरीले बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद सुशीला चौधरी, दाङ कांग्रेसका सभापति शंकर डाँगी, क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, लुम्बिनी प्रदेश कांग्रेसका सदस्य देवनारायण चौधरी, पूर्व वडाध्यक्ष गोवर्धन रावत लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया