लमहीमा २ जनाको समूहद्वारा सुन पसलमा गोली प्रहार, पक्राउ गर्न नाकाबन्दी

लमही । दाङको देउखुरी उपत्यकास्थित लमही बजारमा लुटेरा समूहले सुन पसलमा लटपाट गर्न गोली चलाएको छ ।

शनिबार दुई जनाको समूहले लमही नगरपालिका वडा नं. ५ मा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाएको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रोशनराज पाण्डेले बताए ।

लुटेराको गोली लागेर पसल सञ्चालक १६ वर्षीय दीपक सुनार घाइते भएको ईन्स्पेक्टर पाण्डेले बताएका छन् । गोली लागेर घाइते सुनारको लमही अस्पतालमा उपचार भइरहेको छ । गोली चलाउने समूह मोटरसाइकलबाट आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक पाण्डेले जानकारी दिएका छन् । गोली चलाउने समूह फरार रहेको छ । प्रहरीले भाग्न सक्ने सम्भावित स्थानमा नाकाबन्दी गरेर अपराधमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ ।

Published : Saturday, 2025 December 6, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया