कांग्रेस क्रियाशील सदस्यताको फारम ६६ क्षेत्रीय समितिले मात्रै बुझे

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील व्यवस्थापन समितिसँग ६६ वटा निर्वाचन क्षेत्रहरूले क्रियाशील सदस्यताको फारम बुझेर लगेका छन् ।

शुक्रबारसम्म केन्द्रीय कार्यालय, सानेपामा सम्पर्क गरेर ६६ निर्वाचन क्षेत्रले फारमहरू लगेको स्रोतले जनाएको छ । फारम लैजानका लागि क्षेत्रीय सभापतिहरूले धेरै रुचि देखाएका छैनन् ।

मुलुकभरि प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्र छन् । त्यसमध्ये शुक्रबारसम्म ६६ निर्वाचन क्षेत्रले मात्रै क्रियाशील सदस्यताको फारम बुझेर लगेका हुन् ।

महामन्त्री गगन थापा संयोजकत्वको समितिमा सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाईली छन् । उनीहरूले दैनिक रुपमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा गृहकार्य गर्दै आएका छन् ।

Published : Friday, 2025 December 5, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया