सभापति देउवा र अध्यक्ष ओलीबीच भेट, साथमा डा.राणा र शाक्य
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका अध्यक्ष केपी ओलीले भेट गरेका छन् ।
शुक्रबार कामठाडौंस्थित निवासमा सभापति देउवा र ओलीबीच भेट भएको हो । भेटमा डा.आरजु राणा र राधिका शाक्य पनि साथमा रहेका थिए ।
सभापति देउवा र अध्यक्ष ओलीबीच भदौ २३ र २४ को घटनापछि पहिलो पटक भेटवार्ता भएको छ । उनीहरूका बीच एकआपसमा स्वास्थ्यका विषयमा कुराकानी भएको बुझिएको छ । साथै देउवा र ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्वाद भएको छ ।
भदौ २४ गतेको सांघातिक आक्रमणमा सभापति देउवा र डा.राणा गम्भीर घाइते भएका थिए । देउवा र डा.रााको हत्या गर्ने उद्देश्यले निवासभित्र प्रवेश गरेर केही अराजक र उत्तेजित समूहले सांघातिक आक्रमण गरेको थियो ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया