सभापति देउवा र अध्यक्ष ओलीबीच भेट, साथमा डा.राणा र शाक्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका अध्यक्ष केपी ओलीले भेट गरेका छन् ।

शुक्रबार कामठाडौंस्थित निवासमा सभापति देउवा र ओलीबीच भेट भएको हो । भेटमा डा.आरजु राणा र राधिका शाक्य पनि साथमा रहेका थिए ।

सभापति देउवा र अध्यक्ष ओलीबीच भदौ २३ र २४ को घटनापछि पहिलो पटक भेटवार्ता भएको छ । उनीहरूका बीच एकआपसमा स्वास्थ्यका विषयमा कुराकानी भएको बुझिएको छ । साथै देउवा र ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्वाद भएको छ ।

भदौ २४ गतेको सांघातिक आक्रमणमा सभापति देउवा र डा.राणा गम्भीर घाइते भएका थिए । देउवा र डा.रााको हत्या गर्ने उद्देश्यले निवासभित्र प्रवेश गरेर केही अराजक र उत्तेजित समूहले सांघातिक आक्रमण गरेको थियो ।

Published : Friday, 2025 December 5, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया