रत्नराज्यलक्ष्मी स्कूलका अंकित चेसमा अगाडि
काठमाडौं । जारी दोस्रो ट्रंङ्गाम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन युवा १७ वर्ष समूहतर्फ अंकित पौडेलले ६ अंक जोडेका छन् ।
श्री रत्नराज्यलक्ष्मी सेकेण्डरी स्कूलका विद्यार्थी अंकित पौडेलले आफ्ना सबै प्रतिद्वन्द्वीमाथि जीत दर्ता गर्दै एकल अग्रता कायम गर्न सफल भएका छन् ।
बुढानिलकण्ठस्थित स्कूलको प्राङ्गणमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा हिमालयन चेस एकेडेमीका आशीर्वाद थापा ५.५ अंक जोडेर दोस्रो स्थान कब्जा गरिरहेका छन् ।
डीएभी स्कूलका हर्षवर्धन राठी, मिनिल्याण्ड इङ्गलिस स्कुलका रिदिप सिंखडा, बागेश्वरी सेकेण्डरीका सन्देश बरुवाल, ट्रंवेल शान्ति पाठशालाका सूर्यांशु कोइराला, मातृभूमि स्कूलका सबिद प्रजापति, नाइटिङ्गेल स्कूलका सुभनदीप थापा र हिमालयन चेस एकेडेमीका अनमोल राई समान ५ अंक बनाउँदै संयुक्त तेस्रो स्थानमा रहेका छन् ।
युवा १३ वर्ष समूहमा सूर्योदय सेकेण्डरी बोर्डिङ्ग स्कूलका अग्रिम सैंजु, ग्लोबल एजुकेशन एकेडेमी दमकका श्रीयांश चौलागाईं, भारतका बग्री कुशल र पुष्पसदन स्कूलका हार्दिक पन्त समान ५ अंक जोडी संयुक्त पहिलो स्थानमा कब्जा जमाएका छन् ।
युवा १० वर्षमुनि भारतीय हजेलउड स्कूलका मानस र नेपाली बालविकास इङ्गलिस स्कूलका हृदय बस्नेत समान ५ अंक बनाउँदै संयुक्त पहिलो स्थानमा रहेका छन् ।
लाबोरेटोरि सेकेण्डरी स्कूलका अंकित पोखरेल ४.५ अंक जोडेर दोस्रो स्थानमा छन् । डाइनामिक चेस एकेडेमी झापाका अक्षांश घिमिरे सहित १० खेलाडी चार अङ्क जोड्दै संयुक्त तेस्रो स्थानमा रहेका छन् ।
युवा १७ वर्ष छात्रातर्फ नेपालका सनम श्रेष्ठ र श्रेषा दुवाल समान ४.५ अङ्क जोडेर संयुक्त अग्रस्थानमा छन् । प्रज्ञा पन्त र जोत्सना महर्जन ४ अङ्कसहित दोस्रो स्थानमा छन् ।
युवा १३ वर्ष छात्रा समूहतर्फ मार्वलस स्कुलका निहाना श्रेष्ठले ५ अङ्क जोड्दै एकल अग्रता बनाएका छन् । मार्वलस स्कूलकै सुहानी सिंह ४.५ अंक दोस्रो स्थानमा छन् ।
ग्लोबल एजुकेशन एकेडेमी दमकका प्रविशा दवाडी सहित अन्य छ जना खेलाडीको समान ४ अंक सहित संयुक्त तेस्रो स्थानमा उभिएका छन् ।
टंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजना गरिएको प्रतियोगितामा कूल ५०४ जना विद्यार्थी खेलाडीहरू सहभागी छन् ।
अन्तर्राष्ट्रिय चेस प्रतियोगिता जम्मा ६ विधाका खेलाडीहरूलाई अन्तिम दिन १९ गते शुक्रबार कूल ३ लाख नगद पुरस्कार प्रदान गरिनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया