सभापति ज्यूको उदारता र निगाहले केन्द्रीय सदस्य भए, म कांग्रेसको कार्यकर्ता हुँ : नेतृ खतिवडा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सभापति शेरबहादुर देउवाको निगाह र उदारताले आफू केन्द्रीय कार्यसमितिमा आएको भन्दै नमक हराम कार्य नगर्ने बताएकी छिन् ।

बिहीबार कांग्रेस नेतृ खतिवडाले गुट र उपगुटको नाममा आफूले दोहोरो भूमिका नखेल्ने बताइन् । उनले आफू जहाँ छिन्, त्यही रहेर इमान्दारिताका साथ सभापति देउवालाई साथ दिने बताएकी छिन् ।

नेतृ खतिवडाले लेखेकी छिन्, ‘यहाँ हजुरहरू जस्तो एकापट्टीको कुटुकुटु खाएर सिध्याएर अर्कातिर सेटिङ्ग गर्नेमा म परिन, जता लाग्ने हो छाती ठोकेर लाग्ने हो ।’

‘सभापति ज्यूको उदारता र निगाहले केन्द्रीय सदस्य भए पनि अहिलेसम्म आफूलाई कांग्रेसको कार्यकर्ता नै सम्झेकी छु, १५औँ महाधिवेशनमा साथीहरूको निगाह भयो भयो भने नेता बनौला,’ खतिवडाले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

‘यति दम नभाको भए १००÷२०० होइन ५०० प्रतिशत हार्ने निधो भएको चुनाव लड्दिन थिएँ नि । नबिर्सनुस् है,’ नेतृ खतिवडाले चेतावनी शैलीमा भनेकी छिन् ।

पार्टीभित्रको गुट र उपगुट तथा व्यक्तिगत स्वार्थका लागि भइरहेको राजनीतिक खिचातानीबाट दिक्क भएकी नेतृ खतिवडाले आफू कांग्रेसको कार्यकर्ता बनेर बस्न तयार रहेको तर, सभापति देउवालाई संकटको बेला धोका दिने पक्षमा नरहेको बताएकी छिन् ।

Published : Thursday, 2025 December 4, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया