एमालेबाट मुख्यमन्त्रीमा झुक्काएर होटलमा शपथ लिएका यादवको राजीनामा स्वीकृत

जनकपुर । एमालेबाट मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ ।

बुधबार प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ ।’

प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा उल्लेख गरिएको छ ।

यादवले होटलमा मुख्यमन्त्री पदको शपथ लिएका थिए । त्यसपछि मधेश प्रदेशसभामा आन्दोलन भएको थियो । मधेश प्रदेशसभाका सदस्यहरूले यादवले कीर्ते गरेर झुक्काएर मुख्यमन्त्री पदको शपथ लिएको भन्दै आन्दोलन गरेका थिए ।

Published : Wednesday, 2025 December 3, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया