झण्डै १४ करोड भ्रष्टाचारका अभियुक्त महानिर्देशक अधिकारीलाई हिरासतमा राख्न आदेश

काठमाडौं । विशेष अदालत, काठमाडौंले भ्रष्टाचार मुद्दामा पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्वित महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई दुई हिरासतमा राख्न अनुमति दिएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र भण्डारीलाई नियन्त्रणमा लिएर विशेष अदालतमा झण्डै १४ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अदालतले अधिकारी र भण्डारीलाई अख्तियारकै हिरासतमा राख्न आदेश दिएको छ ।

निलम्वित महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक भण्डारीको बयान र थुनछेक नभ्याएपछि विशेष अदालतले अख्तियारमै फिर्ता पठाएको छ ।

बिहीबार सार्वजनिक बिदा परेको छ । अधिकारी र भण्डारीलाई बयानका लागि आयोगले शुक्रबार मात्र उपस्थित गराउनेछ ।

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माणमा अनियमितताको आरोपमा अख्तियारले अधिकारी र भण्डारीलाई पक्राउ गरेर बुधबार बिशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ ।

अधिकारीसहित ७ जनाविरुद्ध १३ करोड ५७ लाख ४३ हजार रुपियाँ बिगो कायम गरिएको छ । अधिकारी र भण्डारी थुनछेक आदेश नभएसम्म हिरासतमै बस्नुपर्नेछ ।

आयोगले अधिकारी र भण्डारीसहित सातविरुद्ध मुद्दा चलाएको छ । प्राधिकरणका प्रबन्धक नलबिक्रम थापा, उपप्रबन्धक सम्बृद्धि श्रेष्ठ, परामर्शदाता कम्पनीहरू गुरुदत्त अधिकारी र विजय थापा तथा अभियन्त्र कन्सलटिङ प्रा.लि.विरुद्ध मुद्दा दायर भएको छ ।

Published : Wednesday, 2025 December 3, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया