कांग्रेसद्वारा राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कार्यसमिति लगायत मातहतलाई परिपत्र गरेको छ ।
केन्द्रीय समिति बैठकको निर्णयानुसार माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा मंसिर मसान्तभित्र उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसक्नुपर्नेछ ।
कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभाको उम्मेवारको टुङ्गो एकैपटक लगाउने तयारी गरेको छ । कांग्रेसले मातहतबाट सिफारिस भएअनुसार टिकट वितरण गर्नेछ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनको मुखमा महाधिवेशनको बेमौसमको बाजा बजाएका छन् । निर्वाचन कार्यक्रम शुरु भइसकेको छ । यस्तो अवस्थामा कांग्रेसको महाधिवेशन पुस महिनाभित्र सम्पन्न हुने सम्भावना निकै कम छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया