महाधिवेशनलाई कम्तीमा ३ महिना चाहिन्छ, पुसमा भएन भने निर्वाचनपछि : डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताएका छन् ।

मंगलबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै डा.कोइरालाले भने, ‘समय कम भयो । महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।

‘पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो छैन । हामी सबै महाधिवेशनको तयारीमा जुट्नुपर्छ,’ नेता डा.कोइरालाले भने ।

उनले १५औँ महाधिवेशनमा आफू र डा.शेखर कोइरालामध्ये एकजना सभापतिको उम्मेदवार हुने बताएका छन् । डा.कोइरालाले शेखर कोइरालासँग आफ्नो कुरा भइरहेको बताए ।

उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुई जनामध्ये एकजना लड्छौँ ।’

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनको मुखमा जबरजस्ती पार्टी कब्जा गर्ने रणनीतिका साथ विशेष महाधिवेशनको कुरा उठाएपछि नियमित महाधिवेशनको मिति तोकिएको छ । निकै छोटो समयमा नियमित महाधिवेशन हुने सम्भावना छैन ।

Published : Tuesday, 2025 December 2, 1:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया