प्रेस काउन्सिलको अध्यक्षमा डा.आचार्य नियुक्त

काठमाडौं । सरकारले प्रेस काउन्सिल, नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ ।

सोमबार सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

आचार्य वरिष्ठ अधिवक्ता हुन् । आचार्य यसअघि नेपाल मेलमिलाप परिषदमा विज्ञको रुपमा कार्यरत थिए ।

२०४० सालमा अधिवक्ता भएका आचार्य २०६९ सालमा वरिष्ठ अधिवक्ता बनेका थिए । नेपाल बारको उपाध्यक्ष समेत भइसकेका आचार्यसँग २०५१ सालमा बार काउन्सिलको कार्यकारी समितिमा बसेर काम गरेको पनि अनुभव छ ।

आचार्यले २०७४ सालमा लुम्बिनी प्रदेशको कानून आयोगमा डेढ वर्ष काम गरेको थिए ।

Published : Tuesday, 2025 December 2, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया