एमालेसँग मिलेर मन्त्री बनेपछि कञ्चन बिच्छालाई सांसद पदबाटै हटाउन पत्राचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशन विपरीत गतिविधि गरेकी कञ्चन बिच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन मधेश प्रदेश सभामा पत्राचार गरेको छ ।
राप्रपाको निर्देशन विपरीत कञ्चन मधेश प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री बनेकी छिन् । कञ्चन राप्रपाबाट एक मात्र समानुपातिक प्रदेशसभा सदस्य हुन् ।
सांसद कञ्चन कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीयमन्त्री बनेकी थिइन् । मुख्यमन्त्री यादव एमाले हुन् । एमालेसँग मिलेर मन्त्री बनेपछि राप्रपाले कञ्चनलाई कारबाही गरेको छ ।
कञ्चनलाई मंसिर ८ गते मुख्यमन्त्री यादवले वन तथा वातावरणमन्त्रीको जिम्मेवारी तोकेका थिए ।
राप्रपाले कञ्चनलाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । नबाहिरिएपछि स्पष्टीकरण समेत सोधिएको थियो । पार्टीको नीति नियम अटेर गरेपछि प्रक्रिया पु¥याए राप्रपाले उनलाई प्रदेश सभा सदस्य पदबाटै हटाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेश सभामा पत्र पठाएको छ ।
राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीको हस्ताक्षरसहित प्रदेश सभालाई पत्र पठाइएको छ । पत्र आइतबार नै प्रदेश सभा सचिवालयमा प्राप्त भएपछि उपसभामुख बबिता राउत ईशरलाई बुझाइएको सचिव बासुप्रसाद कोइरालाले जानकारी दिएका न् ।
उपसभामुख ईशरले पत्र प्राप्त भएको र कर्मचारीसहित कानून विज्ञसँग छलफल गरेर सूचना प्रकाशन गरिने बताइन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया