हायात होटलको क्यासिनो लुटेर आगो लगाउने दावा र रने पक्राउ, काभ्रेली गुण्डाहरूको खोजी जारी

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले जेनजी प्रदर्शनका क्रममा चोरी, आगजनी तथा तोडफोडमा संलग्न दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।

भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धस्थित हायात होटलभित्र रहेको क्यासिनोमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार लिए क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरेको आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । हायात होटलभित्र रहेको क्यासिनोबाट आपराधिक समूहले करोडौं रुपियाँ लुटेर लगेको छ । सो घटनामा संलग्न काभ्रेली गुण्डाहरू पनि संलग्न छन् । उनीहरू फरार छन् । प्रहरीले खोजतलासी जारी राखेको छ ।

क्यासिनोभित्र रहेका संरचनाहरू तोडफोड र आगजनी समेत गरी फरार भएकोमा घटनामा संलग्न मानिसहरूको पहिचान गरी खोजतलास गर्ने क्रममा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंसिर १२ गते काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाबाट जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध बस्ने वर्ष ४२ का सेठी भन्ने दावा शेर्पा र काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ बस्ने वर्ष २९ को रने भन्ने रञ्जित खड्गीलाई पक्राउ गरिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूर र आपराधिक उपद्रव गर्न नहुने कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको छ ।

Published : Sunday, 2025 November 30, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया