राष्ट्रियसभा पूर्वसांसद एवम् महिला संघ चितवनकी पूर्वअध्यक्ष श्रेष्ठको निधन, कांग्रेसद्वारा शोक व्यक्त
काठमाडौं । नेपाल महिला संघ, चितवनकी पूर्वअध्यक्ष एवम् प्रजातन्त्र सेनानी कृष्णकुमारी श्रेष्ठको निधन भएकोमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपाले गहिरो दुःख व्यक्त गरेको छ ।
श्रेष्ठको मंसिर १० गते ८४ वर्षको उमेरमा भएको निधन भएको कांग्रेसद्वारा आइतबार जारी शोक वक्तव्यमा उल्लेख छ । श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
श्रेष्ठ राष्ट्रिय सभाकी पूर्व सदस्य, नेपाली कांग्रेस, चितवनको जिल्ला कार्यसमितिकी पूर्व सदस्य समेत हुन् । स्व.श्रेष्ठले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको शोक वक्तव्यमा उल्लेख छ ।
श्रेष्ठको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले पुर्याएको सक्रिय योगदानको स्मरण गरेका छन् ।
खड्काले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । श्रेष्ठको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट खड्काले गहिरो समवेदना प्रकट गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया