नियमित महाधिवेशन गरौँ, सामाजिक सञ्जालमा नेताहरूलाई गालीगलौज गर्ने कार्य बन्द होस् : रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सामाजिक सञ्जालमा नेताहरूलाई गालीगलौज गरेर अपमानको राजनीति नगर्न आग्रह गरेका छन्् ।
सामाजिक सञ्जाल एक्समार्फत नेता खतिवडाले मुलुक संकटमा रहेका बेला कांग्रेसले नेतृत्वदायी भूमिका निभाएर अगाडि बढ्नुपर्ने बताए । पार्टीभित्र विभिन्न विचारहरू राख्दा सामाजिक सञ्जालमा कसैलाई देवता बनाउने र कसैलाई राक्षस बनाउने कार्यको विरोध गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन नियमित गर्नका लागि सबैले जिम्मेवार बनेर भूमिका खेल्न नेता खतिवडाले आग्रह गरेका छन् ।
‘नपाली कांग्रेस पार्टीमा एक भएको सन्देश सहित नियमित महाधिवेशन गराउन एकताबद्ध भएर लागौं,’ खतिवडाले लेखेका छन्, ‘सामाजिक सञ्जालमा नेतालाई देउता र राक्षस बनाउन नलागौं कसैलाई राम्रो हुँदैन ।’
उनले भने, ‘अब हामी तत्काल मिलेर समग्र देश मिलाउन लागौं नत्र हामीसँग पछुताउनुपर्ने अवस्था हुन्छ । मभन्दा देश र जनतालाई ठूलो मानौं ।’
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नाममा केन्द्रीय कार्यसमितिमा लफडा गर्दै आएका छन् । महामन्त्री थापाका समर्थकहरू अर्थात् साइबर सेनाले फरक बिचार राख्ने नेता तथा कार्यकर्ताहरूको चरित्रहत्या हुने गरेर लेख्ने, तस्बिर बनाउने लगायतका गतिविधि गर्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया