सरकार पूर्वाग्रहले चल्न थाल्यो भने निर्वाचन शान्तिपूर्वक हुन सक्दैन : कांग्रेस प्रवक्ता डा.महत
पञ्चकन्या । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।
शनिबार नुवाकोटमा प्रथम पञ्चकन्या गाउँपालिकाको खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै डा.महतले निर्वाचनको जिम्मा पाएको सरकार आग्रह र पूर्वाग्रहतिर लाग्न नहुने बताए ।
‘सरकार पूर्वाग्रहले चल्न थाल्यो भने निर्वाचन शान्तिपूर्वक, सफलतापूर्वक सम्पन्न हुन सक्दैन,’ डा.महतले भने, ‘म सरकारलाई भन्न चाहन्छु सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरोस्, पूर्ण रुपमा शान्ति सुरक्षाको प्रत्याभूति भयो भने जिम्मेवारी पूरा गर्न सक्छ ।’
कांग्रेस प्रवक्ता डा.महतले संविधानलाई ट्रयाकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको बताएका छन् ।
उनले भने, ‘संवैधानिक कोणबाट समस्या छभन्ने कुरा हामीलाई थाहा छ । सरकार निर्वाचनतिर केन्द्रित होस्, निर्वाचित सरकारले जनताको आवश्यकता, विकास निर्माणको आवश्यकतामा केन्द्रित हुने वातावरण बनोस् ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया