भदौ २४ गते जेनजीको नाममा जलाइएका बौद्ध र साँखुका प्रहरी कार्यालयको अवलोकन

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनकारीको नाममा जलाएर क्षति पुर्‍याएको प्रहरी वृत्त, बौद्ध र प्रहरी प्रभाग, साँखुको भवनको गृहमन्त्री ओमप्रकाश अर्यालले अवलोकन गरेका छन् ।

शनिबार गृहमन्त्री अर्यालले भदौ २४ गते जेनजी आन्दोलनमा जलाएर क्षति पुर्‍याएको प्रहरी कार्यालयहरूको अवलोकन गरेका हुन् । अर्यालले त्यस क्रममा प्रहरीले गरेको कामकारबाही र शान्तिसुरक्षाका बारेमा जानकारी पनि लिएका छन् ।

गृहमन्त्री अर्यालले मुलुकमा शान्तिसुरक्षा कायम राख्न र अपराध नियन्त्रणका लागि प्रहरीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिएका छन् ।

जेनजी आन्दोलनका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नागरिकस्तरबाट नेपाल प्रहरीले ठूलो सद्भाव पाएको गृहमन्त्री अर्यालले बताएका छन् ।

गृहमन्त्री अर्यालसँगै काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) ईश्वर कार्की र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) रमेश थापाले पनि प्रहरी कार्यालयहरूको अवलोकन गरेका छन् ।

Published : Saturday, 2025 November 29, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया