जेनजी आन्दोलनबाट भागेका कैदीले चारेको मोटरसाइकल फेला, एकजना पक्राउ

हेटौँडा । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार, सुन्धारा, काठमाडौंबाट भागेको कैदीले चोरी गरी बचेको मोटरसाइकलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले मंसिर ११ गते हेटौँडा उपमहानगरपालिका वडा नं. ७ हरियालीस्थित सडकखण्डबाट २१ वर्षीय अभिषेक वाइबालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हेटौँडा– १५ भोर्ले बस्ने अभिषेक वाइबाले चलाउँदै आएको बा ४० प ४२९५ नम्बरको मोटरसाइकलको कागजपत्र चेकजाँच गर्दा चोरीको भएको खुलेको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा मोटरसाइक हेटौँडा–१५ बस्ने वर्ष २६ का राजेश खातीले बिक्री गरेको खुल्न आएको थियो ।

राजेश खाती भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार कार्यालय, सुन्धरा, काठमाडौंबाट भागी फरार भएका व्यक्ति हुन् । राजेश खाती हाल पुनः पक्राउ परी कारागार कार्यालयमा रहेका छन् ।

Published : Saturday, 2025 November 29, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया