केन्द्रीय कार्यसमितिले तत्काल दुई महामन्त्रीलाई कारबाही गरोस्, विशेष महाधिवेशन हुँदैन : उपसभापति लामा
काठमाडौं । नेपाली कांग्रेस, सिन्धुपाल्चोकका उपसभापति दोर्जे लामा ‘हाउडे’ले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई केन्द्रीय कार्यसमितिले कारबाही गर्न माग गरेका छन् ।
शुक्रबार काठमाडौंको तीनकुनेमा युवा, विद्यार्थीको बृहत भेलालाई सम्बोधन गर्दै उपसभापति लामाले जना महामन्त्रीहरूको व्यक्तिगत आकांक्षाका लागि विशेष महाधिवेशनमा जान नसकिने बताए । विशेष महाधिवेशनमा जाँदा वडादेखि केन्द्रसम्म विभिन्न पदमा जान इच्छा राखेका नेताहरूलाई बाटो बन्द हुने उनले बताए ।
उपसभापति लामाले भने, ‘हामीले यो दुइटा महामन्त्रीले युवाहरूलाई सहि दिशामा लैजान्छन् भनेर भोट हालेर जिताएका हौँ । तर, यो विशेष महाधिवेशन भनेर उहाँहरूको व्यक्तिगत आकांक्षाको लागि मात्रै हामीले भोट होलेको होइन ।’
‘यी दुई जनालाई मात्रै सभापति, उपसभापति, महामन्त्री बनाउनको लागि हामीले भोट होलेको होइन । विशेष महाधिवेशन हुँदैन । नियमित महाधिवेशन गर्नुपर्छ,’ लामाले भने ।
‘हामीलाई एकतह माथि उठ्ने मन लागेको होला । वडालाई पालिका, पालिकालाई क्षेत्र, क्षेत्रलाई जिल्ला, जिल्लालाई प्रदेश, प्रदेशलाई केन्द्रमा आउने मन लागेको होला । हामी चार÷पाँच वर्षसम्म बसिरहने ? अनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई अहिले नै सभापति चाहियो ? कुन एङ्गलबाट सहयोग गर्ने ? तपाईहरू सभापतिको उम्मेदवार होला, आकांक्षी होला । हामीलाई पनि केहीन केहीमा उठ्न मन होला,’ उपसभापति लामाले भने ।
‘केन्द्रीय कार्यसमितिले यो दुई जना महामन्त्रीहरूलाई कारबाही गर्नुस् । तपाईहरू नउठ्नुस् सभापतिमा म उठ्छु । महामन्त्रीहरूको मात्रै कांग्रेस हो र ?’ उपसभापति लामाले प्रश्न गर्दै भने, ‘सभापति शेरबहादुर देउवाले यो दुई जनालाई कारबाही गर्न आँट गर्नुस् तपाईको साथमा म उभिन्छु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया