ललितपुर प्रहरीद्वारा बैंकिङ कसूरका फरार दुई प्रतिवादलाई पक्राउ
जावलाखेल । जिल्ला प्रहरी परिसर, ललितपुले २ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेछापको रामेछाप नगरपालिका वडा नं. ५ रामपुर घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४७ को दीपेन्द्रबहादुर सुनुवारलाई पक्राउ गरिएको शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सुनुवारलाई १० दिन कैद र ३४ लाख २० हजार रुपियाँ जरिवान फैसला भए बमोजिम फैसला भएको छ । मंसिर ११ गते ललितपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सुनुवारलाई पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरको आश्राङ बाग्मती गाउँपालिका वडा नं. ६ स्थायी वतन भई हाल ललितपुर महानगरपालिका वडा नं. २७ सिभिलहोम्स बस्ने वर्ष ४७ की बिन्दु बोम्जन लामालाई पक्राउ पनि प्रहरीले पक्राउ गरेको छ । अदालतबाट लामालाई १ दिन कैद र १० हजार ३ सय ८८ रुपियाँ ३५ पैसा जरिवाना फैसला भएको छ । मंसिर ११ गते लामालाई पक्राउ गरी अदालतमा पेश गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया