गगनको विशेष महाधिवेशन पक्षधरको भेलामा काभ्रेली टोले गुण्डादेखि अन्तरघातीसम्म
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशन पक्षधरणहरूको भेलामा अन्तरघातीदेखि गुण्डा नाइके र निर्वाचनमा पराजितहरूको उपस्थिति देखिएको छ ।
बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा गगन समूहको भेला आयोजना भएको छ । भेलामा ललितपुर कांग्रेसका उम्मेदवारहरूलाई बिगतमा अन्तरघात गरेर हराएको अभियोग लागेका पूर्वमन्त्री ओमकार श्रेष्ठलाई प्रमुख अतिथि बनाइएको थियो ।
भेलामा प्रहरीको उच्च निगरानीमा रहेका काभ्रेली गुण्डा नाइके दावा लामा लगायतको पनि उपस्थिति रहेको थियो । प्रहरीको खोजीमा रहेका र मोस्ट वान्टेड टोले गुण्डाहरूलाई पनि भेलामा देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । दावालाई तत्कालीन समयमा प्रहरीले ईन्काउन्टर गर्न खोजेको थियो । प्रहरी, प्रशासनसँग अनुरोध गरेर नेपाल तरुण दलले दावाको ज्यान बचाइदिएको थियो । भेलामा काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटका टोले गुण्डाहरूको अनुहार देखिएको नेताहरूले बताएका छन् ।
गगनको भेलामा कांग्रेसका जम्मा ४ केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ र अजयबाबु शिवाकोटीको मात्रै उपस्थिति थियो । लुम्बिनी कांग्रेस सभापति अम्मरसिंह पुन र गण्डकी कांग्रेसका सभापति शुक्रराज शर्माको पनि उपस्थिति रहेको थियो ।
भेलामा सहभागी भएकाहरूमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि नै थिएनन् । मुस्किलले ५० जना जति महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बाँकी सबै खोजखाज गरेर स्कुल र कलेजका विद्यार्थीलाई ल्याएर सहभागी गराइएको एक नेताले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया