जेनजी आन्दोलनको भगौडा मिराज ढुङ्गानाले बढी चुरीफुरी गरेपछि…

प्रकाश तिमल्सिना

यो भाईको पुर्ख्यौली घर हेटौंडा–५ सानोपोखरा हो । उनका पिताजी सनत ढुङ्गाना चाईनिज समानको सानोतिनो व्यापार गर्छन् । शुरूमा नर्भिक अस्पताल अघि प्लान्ट सप राखेर व्यापार गर्ने यो भाई अहिले चाबहिलमा प्लान्ट व्यापार गरेर बसिरहेका छन् ।

जेनजी आन्दोलनको पहिलो अफिसियल आब्हानकर्ता भएको नाताले यो भाईलाई चिनाउनुपर्छ । यिनको पहिचान स्थापना गर्नुपर्छ भनेर शुरूमा नै यो भाईका तस्विरसहित हालेर लामो स्टाटस लेखिदिएपछि यो भाईको मिडियामा व्यापक खोजी भयो । त्यसपछि यो भाई स्टाबलिस भएपछि यो भाईले एटिच्युड देखाउन शुरू गरे ।

जसले यिनलाई खोजेर नेता बनायो, आन्दोलन आब्हान गराउन लगायो, के के बोल्ने भनेर सिकायो र सोही स्क्रिप्ट अनुसार युटयुबमा बोल्न लगाइयो र दुर्गा प्रसाईंलाई पनि भेट्न पठाएर ‘तपाई नआउनुहो्’ भनेर आन्दोलन आब्हान गराइयो । यहाँसम्म ठीक छ ।

म यी सबै घटनामा प्रत्यक्ष अपडेट थिएँ, जसका कारण मैले यो भाई कसरी नेता बनाइयो भनेर शिलापत्र डटकममा लामो ब्लग लेखेको पनि छु ।

खासमा सुदन गुरुङ जेनजी आन्दोलनको हाईज्याकर भएर निस्केपछि यो भाईलाई स्टाबलिस गरिदिनु पर्छ भनेर ईमान्दार पूर्वक लेखे ।

तर, जेनजी आन्दोलनमा यो भाई आएनन्, जसले नेता बनायो, तिनलाई भन्यो, घरकाले गाली गरे, म आउँदिन भनेर यिनी आन्दोलनमा उपस्थित नै भएनन्, भन्यो, म प्लान्ट व्यापार गरेर बस्छु, म भाईरल भईसके, तपाईहरू राजनीति गर्नु भनेर ७ दिन मोबाईल अफ गरेर बसिदिए ।

ह्वाटसअपमा यिनलाई नेता बनाउनेले म्यासेज गर्दा सिन गर्ने तर, जवाफ नदिने काम गरिरहे । कतिसम्म भने, २ सय पर्ने प्लान्टलाई यो भाईले १२ सय मूल्य लगाउन शुरू गरे ।

त्यसपछि यी भाई एकै पटक राजेन्द्र बानियाँको अन्तर्वार्तामा देखिए । यो अन्तर्वार्ताको अन्तरकथा पछि लेखुला । जब राजेन्द्र बानियाँको टक शोमा आए, यिनको भाउ झन् बढयो र त्यो अन्तर्बार्तापछि सिंहदरबारदेखि धेरै राष्ट्रिय सम्पति जलाउन संलग्न भएको हाईज्याकर सुदन गुरुङ भन्नेले यिनलाई हातमा लिए । र, भने, ‘म सुदन गुरुङसँग छु ।’

फेरि यो भाईलाई सहकारी पीडितहरूको समूहले एभरेष्ट होटलमा उभ्याइदिए । यहाँ पनि ठूल ठूला कुरा गरे । पत्रकारहरूको प्रश्नको सामना गर्न नसकेपछि यि भाई भागे, यो त युटयुबरको भिडियोहरूले छरपस्ट पारिसकेका छन् ।

त्यसपछि ५/६ वटा समूहलाई यिनीसँग सम्पर्क गर्न लगाए, उनी एउटा रूममा हुदाँ म अर्को रूममा बसेर बुझ्नसमेत लगाए, क्या एटिच्युड क्या यो भाईको उनको कुरा सुनेर छक्कै परे ।

जसले नेता बनायो, त्योसँग सम्पर्कमा छैन्, स्टाबलिस गरिदिने मान्छे मेरा, संसारलाई चिनाउने म तर, अहिले युटयुबरसँग निकै ठूला कुरा गर्छन् ।

यिनका कुरा सुन्ने हो भने सुदन गुरुङपछि दोस्रोमा पक्राउ गर्नु पर्थ्यो, मेरा हजार असहमति होलान् तर, सुशीला कार्की सरकारले यो भगौडालाई हनुमानस्थानबाट धकेलेर बिजुलीबजार पारी पु¥याएकोमा म खुसी छु ।

यस्ता भगौंडा जेनजी आन्दोलनको नेता, सुशीला कार्की सरकारले यो प्राणीलाई आज खेदेकोमा प्रशन्न छु । यो प्राणी उसलाई नेता बनाउनेलाई त परै जाओस्, नेपाली राजनीतिका धेरैलाई सिनियरलाई रेस्पेक्ट पनि गर्दैन्, यति ठूला कुरा गर्छ, सुनेर छक्क पर्छु ।

Published : Tuesday, 2025 November 25, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया